लकाडाउनको बीचमा पनि सामाजिक दुरी कायम गरी प्रधानमन्त्री रोजगार कार्यक्रम सुरुवात भएको छ । यस वर्ष गाउँपालिकाको ७ वटै वडामा सडक सोलिङ तथा नाला निर्माणको काम भइरहेको छ । कार्यक्रमबाट गाउँपालिकाका ७ वटै वडाका जम्मा १९० जनाले ४० दिनको रोजगारी पाएका छन् ।
तामाकोशी गाउँपालिकाले नियमित औषधी सेवन गरिरहेका र लकडाउनको कारण औषधी प्राप्त गर्न नसकेका सबै नागरिकको लगत संकलन गरी निशुल्क रुपमा औषधी खरिद गरी वितरण गरेको छ ।
करिब ५५० जना नागरिकहरुलाई २९७ प्रकारका औषधिहरु निःशुल्क रुपमा सबै वडाका स्वास्थ्य चाैकिहरुबाट वितरण गरिदै ।
सामुदायिक विकास मञ्च नेपाल दोलखा (CDF) ले तामाकोशी गाउँपालिकालाई आज कोरोना रोगको महामारीलाई मध्यनजर गर्दै PPE सेट, थर्मल गन लगायतका विभिन्न अत्यावश्यक स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ ।
गाउँपालिकाको सातवटै वडाका स्वास्थ्य चौकिहरु र वडा नंं. १ डडुवा र ७ को दुम्सिझाङ सामुदायिक स्वास्थ्य इकाईमा क्लाेरिन, मास्क, पिपिई सेट, सेनिटाइजर , ग्लाेव्स, प्रोटेक्टिभ चश्मा, स्प्रे मेसिन, सेफ्टीबुट लगायत आवश्यक मात्रामा स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।
यस तामाकोशी गाउँपालिकामा गत चैत ४ गतेपछि भारत लगायतका बाह्य मुलुकबाट प्रवेश गर्नुहुने सम्पूर्ण महानुभावहरुले अनिवार्य रुपमा आआफ्नो वडामा यथाशीघ्र सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ ।