FAQs Complain Problems

सूचना तथा समाचार

तामाकोशी गाउँपालिकाको आ. व. २०७७/७८ को शिर्षकगत बजेट विवरण

मिति २०७७ साल असार १० गतेका दिन तामाकोशी गाउँपालिकाको सातौँ गाउँसभा अधिवेशनको पहिलो बैठकमा उपाध्यक्ष तथा बजेट तर्जुमा समितिका संयोजक श्री उर्मिला खड्का के.सी. ले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७।०७८ को

बजेट

२०७७/७८

पारित मितिः २०७७ असार १० गते वुधबार

तामाकोशी गाउँपालिकाको आ.व. २०७७/७८ को नीति तथा कार्यक्रम

स्थानीय सरकार
तामाकोशी गाउँपालिका
नीति तथा कार्यक्रमः आर्थिक वर्ष २०७७/०७८

उपाध्यक्ष श्री उर्मिला खड्का के.सी.ले गाउँ सभामा प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०७७/०७८ को बार्षिक नीति तथा कार्यक्रम

पारित मितिः २०७६ असार १० गते बुधवार

दस्तावेज: 

तामाकोशी गाउँपालिकाको आर्थिक ऐन, २०७७

तामाकोशी गाउँपालिकाको आर्थिक ऐन  २०७७
तामाकोशी गाउँपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक

सभाबाट स्वीकृत मितिः २०७७/०३/१०

दस्तावेज: 

तामाकोशी गाउँपालिकाको विनियोजन ऐन, २०७७

तामाकोशी गाउँपालिकाको विनियोजन ऐन, २०७७

तामाकोशी गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को सेवा र कार्यहरुको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

सभाबाट स्वीकृत मितिः २०७७/०३/१०

रकम जम्मा गरिदिने बारे -सामुदायिक विद्यालयहरु (सबै) ।

रकम जम्मा गरिदिने बारे -सामुदायिक विद्यालयहरु (सबै) ।

कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गरिदिनुहुन ।

तामाकोशी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

लकाडाउनको बीचमा पनि सामाजिक दुरी कायम गरी  प्रधानमन्त्री रोजगार कार्यक्रम सुरुवात भएको छ । यस वर्ष गाउँपालिकाको ७ वटै वडामा सडक सोलिङ तथा नाला निर्माणको काम भइरहेको छ । कार्यक्रमबाट गाउँपालिकाका ७ वटै वडाका जम्मा १९० जनाले ४० दिनको रोजगारी पाएका छन् ।

पालिका स्तरीय वार्षिक परीक्षाको नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना ।

कृपया सम्बन्धित विद्यालयले गाउँपालिकाको शिक्षा शाखामा तथा अविभावक तथा विद्यार्थीहरुले आफ्नो सम्बन्धित विद्यालयमा सम्पर्क गर्नुहोला ।

लकडाउनको बेला गाउँपालिकाले बाड्यो निशुल्कः औषधी

तामाकोशी गाउँपालिकाले नियमित औषधी सेवन गरिरहेका र लकडाउनको कारण औषधी प्राप्त गर्न नसकेका सबै नागरिकको लगत संकलन गरी निशुल्क रुपमा औषधी खरिद गरी वितरण गरेको छ ।

करिब ५५० जना नागरिकहरुलाई २९७ प्रकारका औषधिहरु निःशुल्क रुपमा सबै वडाका स्वास्थ्य चाैकिहरुबाट वितरण गरिदै ।

कोरोना महामारी रोकथाम नियन्त्रण बारे पालिका स्तरीय समन्वय समितिको नियमित बैठक तथा समीक्षा कार्यक्रम ।

कोरोना महामारी रोकथाम नियन्त्रण बारे पालिका स्तरीय समन्वय समितिको नियमित बैठक तथा समीक्षा कार्यक्रम ।

तामाकोशी गाउँपालिका प्राङ्गण जफे ।

सामुदायिक विकास मञ्च नेपाल दोलखा (CDF) ले तामाकोशी गाउँपालिकालाई विभिन्न राहत सामग्रीहरु हस्तान्तरण

सामुदायिक विकास मञ्च नेपाल दोलखा (CDF) ले तामाकोशी गाउँपालिकालाई आज कोरोना रोगको महामारीलाई मध्यनजर गर्दै PPE सेट, थर्मल गन लगायतका विभिन्न अत्यावश्यक स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ ।

भारत लगायत बाह्य मुलुकबाट लकडाउन अवधिमा भित्रिने नागरिकहरुको RDT परिक्षण हुँदै ।

तामाकोशी गाउँपालिकाले Rapid Diagnostic Test -RDT को माध्यमबाट Sample Test सुरु गरेको छ ।

पहिलोपटक वडा नं ४ मा ९ जनाको परिक्षण हुँदा सबैको नतिजा नेगेटिभ !

विभिन्न स्थानमा गरिएको परीक्षणमा नतिजा नेगेटिभ ।

सबै स्वास्थ्य केन्द्रहरुमा PPE लगायतका स्वास्थ्य सामग्रीहरु वितरण ।

गाउँपालिकाको सातवटै वडाका स्वास्थ्य चौकिहरु र वडा नंं. १ डडुवा र ७ को दुम्सिझाङ सामुदायिक स्वास्थ्य इकाईमा क्लाेरिन, मास्क, पिपिई सेट, सेनिटाइजर , ग्लाेव्स, प्रोटेक्टिभ चश्मा, स्प्रे मेसिन, सेफ्टीबुट लगायत आवश्यक मात्रामा स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

तामाकोशी गाउँपालिकाको हार्दिक अपिल !

यस तामाकोशी गाउँपालिकामा गत चैत ४ गतेपछि भारत लगायतका बाह्य मुलुकबाट प्रवेश गर्नुहुने सम्पूर्ण महानुभावहरुले अनिवार्य रुपमा आआफ्नो वडामा यथाशीघ्र सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ ।

Pages

//