समाचार
आधारभुत सूचना प्रविधि सम्बन्धि तालिम सञ्चालन सम्बन्धमा वडा कार्यालयहरू (वडा नं. ५ र ६) ।
यस तामाकोशी गाउँपालिकाको आ.व. २०७५/७६ को स्वीकृत बजेट अनुसार गाउँपालिकाका वडाहरूमा आधारभुत सूचना प्रविधि सम्बन्धि २ दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले तपसिल बमोजिमका कार्यक्रम सञ्चालनका लागि आवश्यक हलको व्यवस्था, सहभागीताका लागि निर्वाचित जनप्रतिनिधिहरु, वडा तथा स्वास्थ्य कार्यालयका कर्मचारीहरुलाई उपस्थित गराइदिनहुन अनुरोध छ । सहभागीहरूलाई खाजा तथा यातायात खर्च कार्यक्रम सम्पन्न भएपश्चात यस गाउँपालिकाबाट प्रदान गरिने व्यहोरा समेत जानकारी छ ।
तपसिल:
कार्यक्रम सञ्चालन हुने वडा र मिति
- वडा नं. ६ को कार्यालय – २०७६।०१।१६ र १७ गते
- वडा नं. ५ को कार्यालय– २०७६।०१।२२ र २३ गते