FAQs Complain Problems

तामाकोशी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु, २९० जनाले रोजगारी पाउने ।

तामाकोशी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनलाई अन्तिम रुप दिँदै आजदेखि औपचारिक उद्घाटन गरेको छ ।

गाउँ कार्यपालिकाका सदस्य तथा सम्पुर्ण कर्मचारीहरूको उपस्थितिमा वडा नं ३ जफेको जामुनेदेखि कालापानी तर्फ जाने गोरेटे बाटो व्यवस्थित बनाउने कार्यलाई यस वडाबाट छनौट भएका करिव ५० जना बेरोजगार व्यक्तिहरूको सहभागीता रहेको कार्यक्रमका बीच उपाध्यक्ष उर्मिला खड्का केसी तथा प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइराला तथा ३ नं वडाका वडाध्यक्ष रामप्रसाद काफ्ले लगायतले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा अन्य वडाका वडाध्यक्ष र जनप्रतिनिधिहरू तथा कर्मचारी र उल्लेख मात्रामा सर्वसाधारणहरुको सहभागीता रहेको थियो । कार्यक्रमको आयोजना तथा संयोजन तामाकोशी गाउँपालिका रोजगार सेवा केन्द्रले गरेको थियो ।
यसैगरी असार १३ गतेदेखि अन्य सबै वडाहरूबाट एकसाथ कार्यक्रमको सुरुवात हुनेछ । गाउँपालिकाका सबै जसो वडाहरुमा निर्मित सडकहरूका नाला काट्ने, सोलिङ गर्ने लगायत गोरेटो बाटो बनाउने कार्यहरू हुनेछन् । यस कार्यक्रमबाट सबै वडाबाट कुल २९० जना बेरोजगार व्यक्तिहरूले करिब १० दिनको रोजगारी पाउनेछन् ।

आर्थिक वर्ष: