FAQs Complain Problems

तामाकोशी गाउँपालिकाको सम्पूर्ण जानकारी तथा सुझाव, गुनासो या समस्या दर्ता अब "मोबाइल एप्लिकेशन" बाटै !

तामाकोशी गाउँपालिकाले सूचना प्रविधिको क्षेत्रमा अर्को फड्को मारेको छ, यस गा.पा.ले आफ्नो मोबाइल एप (Mobile App) Launch गरेको छ । गत कार्तिक महिना मै Launch भएको यस एप्लिकेशनमा यहाँहरूले गाउँपालिकाबाट हुने सम्पूर्ण क्रियाकलापहरूको अद्याबधिक जानकारी, सूचना, समाचार हेर्न र पढ्नका साथसाथै गाउँपालिकाले जनताका लागि उपलब्ध गराउने सबै सेवाहरू बारे बिस्तृत जानकारी, गाउँपालिकाभरका सबै वडा कार्यालय र निर्वाचित जनप्रतिनिधिहरूको फोटो र सम्पर्क सहितको विवरण, गाउँपालिकाले प्रत्येक आ.ब.मा सञ्चालन गर्ने योजना र परियोजनाहरू बारे हेर्न र बुझ्न सकिने छ ।
यसैगरी यहाँहरूको केहि सुझाव तथा गुनासो भएमा समेत दर्ता गर्न सक्नुहुनेछ । अन्य जानकारीका साथसाथै यहाँहरूले केहि गुनासो, सुझाव, उजुरी या प्रश्न गर्न परेमा यस एपको "सुझाव तथा गुनासो" मा गएर आफ्नो नाम लेखी विवरण उल्लेख गरेर पेश गर्न सकिने छ । त्यस्तै केहि समस्या भएमा "समस्या दर्ता" खण्डमा गई आफ्नो नाम, समस्या भएको वडा समस्याको प्रकार (सडक, पानी, बिजुली, स्वास्थ्य, शिक्षा वा अन्य) छानेर विवरण उल्लेख गरी पेश गर्नुपर्ने हुन्छ । यी सबै सुझाव, गुनासो या समस्याको बारेमा यस गाउँपालिकाले उपयुक्त समाधानका साथ सम्बन्धित पक्षबाट जबाफ या कार्बाही गर्नेछ ।
कृपया Google Play Store मा गई tamakoshi rural municipality* type गरि वा तलको लिङ्कमा click गरेर आफ्नो मोबाइलमा डाउनलोड गरि यस एपको प्रयोग गरि सुझाव दिनुहुन पनि अनुरोध गर्न चाहन्छौँ ।
**(थप जानकारीहरू अपडेट हुने क्रममा रहेको छ )**
सम्पुर्ण जानकारीको लागि हाम्रो वेबसाइटमा (www.tamakoshimun.gov.np)
App Link:
https://play.google.com/store/apps/details

-सूचना तथा सञ्चार प्रबिधि शाखा, तामाकोशी गाउँपालिका ।

आर्थिक वर्ष: